Kath Khabar
आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, फागुन १२। सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  

संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो । 

राजनीतिक छलफल कायमै रहेकाले प्रतिनिधिसभाको आजको बैठक समयमा सुरु हुन सकेको थिएन । आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल गर्नेलगायत कार्यसूची रहेको थियो । कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्नुभएको थियो ।

अब अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजे बस्ने निर्णय भएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update