प्रतिनिधिसभा बैठक आज पनि स्थगित

काठमाडौं, फागुन १३। प्रतिनिधिसभाको आज १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।
सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गर्नुभएको हो । संसद बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
हिजोका लागि बोलाइएको बैठक पनि दलहरुबीच सहमति नभएपछि सरकारको आग्रहमा आज दिउसो १ बजेसम्मको लागि स्थगित गरिएको थियो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८ १२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय