Kath khabar
श्रममन्त्रीको आग्रहमा स्वास्थ्य मन्त्रालयले गर्यो विदेश जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क

काठमाडौं, फागुन १४। सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको आग्रहमा शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो । अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट बैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निशुल्क हुनेछ । पीसीआर परीक्षण निशुल्क गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।

 

 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update