प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै, एमसिसीबारे छलफल हुने
काठमाडौं, फागुन १५ । संसद बैठक आज दिउसो १ बजे बस्दैछ। प्रतिनिधिसभाको आजको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले (एमसीसी) सम्झौता माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।
संसद् बैठकमा छलफल हुने सम्भावना रहेकाले आज पनि संसद भवन आसपासका क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षाका लागि उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइएको जानकारीमा आएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय