एमसीसीको विरुद्धमा आजपनि नयाँ बानेश्वर क्षेत्रमा विशाल जनप्रदर्शन
काठमाडौं, फागुन १५ । एमसीसी नेपालको हितमा छैन भन्दै बिरोध गर्दै आईरहेका प्रदर्शनकारीहरुले आज पनि संसद भवन वरिपरी व्यापक विरोध प्रदर्शन गरिरहेका छन् । केहि समय अघि सकिएको सत्ता गठबन्धनको बैठकले आज (आइतबार) नै एमसीसीको व्याख्यात्मक टिप्पणी सहित एमसीसी सम्झौता अनुमोदन गरिने निर्णय गरेको छ ।
एमसीसीको विरुद्धमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विशाल जनप्रदर्शन रहेको छ। प्रदर्शनकारीहरुले कोणसभा गर्दै नाराबाजी लगाइरहेका छन् । सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षाका लागि उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइएको जानकारीमा आएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय