एमसीसी सम्झौता बहुमतले अनुमोदन

काठमाडौं, फागुन १५। अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव अनुमोदन गर्न सभामा प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई ध्वनिमतले अनुमोदन गरिएको हो । लामो बहस र विवादपछि उक्त सम्झौता आज अनुमोदन भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ २१:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय