Kath Khabar
अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, फागुन १८। अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुहुँदा अभिनेत्री रेखा थापा पर्नुभएको हो ।

गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिनुभएकी थापा कुन्ती शाहीसँग पराजित भएकी हुनुभएको थियो ।

 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update