आगामी वर्षदेखि दशैँमा ६ दिन बिदा

काठमाडौं, फागुन २७। सरकारले २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७९ का लागि बिदाको सूचि सार्वजनिक गरेको हो ।
आउँदो वर्षदेखि दशैँमा ६ दिन बिदा हुने भएको छ। सरकारले यस अघि फूलपातीदेखि एकादशीसम्म बिदा दिने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्म नै बिदा दिने निर्णय गरेको हो। साथै तिहार बिदा कात्तिक ७ देखि ११ गतेसम्म ५ दिन हुनेछ ।
आउँदो वर्ष सरकारले मुस्लिम समुदायको चाड लगायत तमु र सोनाम ल्होसार, क्रिसमस, धान्नेपूर्णे र मोहम्मद जयन्तीमा पनि बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८ १४:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय