
काठमाडौं, फागुन २९। गायक प्रकाश सपुतले सार्वजनिक गर्नुभएको नयाँ गीतको भिडियोलाई लिएर विवाद सुरु भएको छ । गायक सपुतले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत ‘पीर’ बोलको गीत सार्वजनिक गर्नुभएको थियो।
माओवादी जनयुद्ध लडेका लडाकुहरूको जीवनलाई चित्रण गरिएको यस गीतमा वास्तविकता देखिन्छ। गितले विवाद पाएसँगै प्रशंसा पनि पाइरहेको छ। गायक प्रकाश सपुतको यस गीतबारे डा. बाबुराम भट्टराइले टिप्पणी गर्नुभएको छ। उहाँले यस गीतमा आफू जनयुद्धको अगुवा हुनुको नाताले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत भट्टराईले भन्नुभएको छ, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु, त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयुद्धको विरोध गरेको छैन’ ।