Kath Khabar
नेपाली कांग्रेस ललितपुरका युवा नेता अवशेष श्रेष्ठले महालक्ष्मी नगरपालिकाको मेयरमा उम्मेदवारी दिदैं

ललितपुर, चैत्र ९। नेपाली कांग्रेस ललितपुरका युवा नेता अवशेष श्रेष्ठले महालक्ष्मी नगरपालिकाको मेयरमा दाबी गर्नुहुने भएको छ । युवा व्यवसायी तथा नेपाली काँग्रेस महालक्ष्मी नगर सचिव समेत रहनुभएका युवा नेता श्रेष्ठले स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो। युवा नेता श्रेष्ठलाई स्थानीय युवा र कांग्रेसका नेता कार्यकर्ताले मेयरको टिकट लिएर उम्मेदवार बन्न दवाब समेत दिएका छन् ।

शेर बहादुर देउवा निकट श्रेष्ठले नेपाली कांग्रेस गाऊ स्तरीय राजनैतिकबाट प्रवेश गरी नेपाल विद्यार्थीसँग तरुण दलमा समेत आफ्नो सक्रिय भूमिका निभाइसक्नुभएको छ । उहाँ नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठको महालक्ष्मी नगरमा एकमात्र विश्वास पात्र हुनुहुन्छ। उहाँलाई बाग्मती प्रदेश उपसभापतीमा चन्द्र महर्जन, केन्द्रिय सदस्य जितजंग बस्नेत, उदय शमशेर राणा, उर्मिला नेपाल केसी, प्रेम कृष्ण महर्जन, पवन बिक्रम थापा, महेन्द्र देव सिहं लगायतका नेताहरुको समर्थन रहेको छ ।

गएको पाच बर्ष कम्युनिष्टका नेताले खासै उल्लेखनीय कार्य गर्न नसकेकोले नै अबको अपरिहार्यता कम्युनिष्ट परास्त गरी आफू चुनाब जित्ने पक्का पक्की रहेको र आफूले चुनाब जितेमा नगरबाट पाउने कुनैपनि तलब भत्ता र सुविधा नलिने साथै जनताको करबाट चल्ने सवारी साधनको सुविधा समेत नलिने घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update