Kath Khabar
ललितपुरमा स्थानीय चुनावको उत्साह बढ्यो, यी हुन स्थानीय तहका चर्चामा रहेका उम्मेदवारहरुको विवरण

ललितपुर, चैत्र १२ । सरकारले आउँदो बैशाख ३० गते स्थानीय निकायको चुनाव गर्ने भनेर मिति सार्वजनिक गरेसँगै मेलापात होस् या हाटबजार, सडक होस् या सदन । या स्थानीय सरकारी संयन्त्र होस् या पार्टी कार्यालयसम्म चुनावी चर्चा चुलिएको छ।

देश संघीय व्यवस्थामा गएसँगै पहिलो जनप्रतिनिधिको रुपमा हाल कायम रहेका पदाधिकारीहरूको दिनगन्ती शुरु भएको छ भने अन्य धेरै नयाँ अनुहारहरु आफ्नो टिकटको व्यवस्था मिलाउने केन्द्र देखी आफ्ना पहुँचका नेताकोमा लबिङ गर्न थालिसकेका छन् । सबै प्रकारका शक्ति प्रयोग गरी आफ्नै नाममा टिकट ल्याउन धेरै स्थानीय तहका नेताहरु न्वारन देखिको बल लगाएर कम्मर कसेका छन् ।

आफ्नो ५ बर्षे कार्यकालमा राम्रै काम गरे भन्ने ठान्नेहरु फेरि दोहोरिने मुडमा छन् भने अन्य आकांक्षीहरु कसरी आफ्नो पोल्टामा पार्ने भन्ने सोचमा छन् । स्थानीय चुनावका लागि दलहरूले उम्मेदवार छान्न शुरू नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । खासगरी, प्रमख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कसलाई टिकट दिने भन्ने सवालमा अहिले चर्चा हुन थालेको छ ।

ललितपुरमा रहेका ६ वटै स्थानीय तहका प्रमुखमा कुनै पनि राजनीतिक दलले भने हालसम्म उम्मेदवारको टिकट वितरण गरिसकेका छैनन् । तर, सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ। हालसम्म प्रमुख राजनीतिक दलबाट चर्चामा रहेका उम्मेदवारको विवरण यसप्रकार छ।

ललितपुर महानगरपालिका
नेपाली कांग्रेस
प्रेमकृष्ण महर्जन
भरतलाल न्याछ्यों
चिरीबाबु महर्जन
गीता सत्याल

नेकपा एमाले
हरिकृष्ण व्यञ्जनकार
बाबुकाजी प्रधान

नेकपा माओवादी केन्द्र
बाबुराजा बज्राचार्य
सरोज डंगोल
कुलाल डंगोल

महालक्ष्मी नगरपालिका
नेपाली कांग्रेस
महेश खड्का
अवशेष श्रेष्ठ
पवन विक्रम थापा
दिवाकर सिलवाल
नविन्द्र देव सिंह

नेकपा एमाले
रामेश्वर श्रेष्ठ
हरिगोविन्द श्रेष्ठ
गंगा न्यौपाने
चिरञ्जीवी आचार्य
राजकुमार सिलवाल

नेकपा माओवादी केन्द्र
शिवप्रसाद कट्टेल
कृष्णकुमार महर्जन

गोदावरी नगरपालिका
नेपाली कांग्रेस
गजेन्द्र महर्जन
विमल थापा
पुरुषोत्तम सिलवाल

नेकपा एमाले
करिष्मा मानन्धर
गम्भिर बहादुर राना
रघुनाथ महर्जन
चेतनाथ सञ्जेल
मधुसुदन पौडेल

नेकपा माओवादी केन्द्र
न्हुच्छे बहादुर महर्जन
महेन्द्र श्रेष्ठ
भाग्यराम महर्जन
रामप्रसाद दाहाल
राज घिमिरे

बागमती गाउँपालिका
नेपाली कांग्रेस
वीरबहादुर लोप्चन
विष्णुप्रसाद तिमल्सिना
रविन्स शर्मा
गणेश महत
माधव दुलाल

नेकपा एमाले
नवराज सञ्जेल
साजन दर्लामी
दुर्गा प्रसाद घिमिरे

नेकपा माओवादी केन्द्र
निशान मगर

महांकाल गाउँपालिका
नेपाली कांग्रेस
खोम प्रसाद घिमिरे
गणेश केसी
ऋषिदेव फुयाल

नेकपा एमाले
रामचन्द्र दाहाल
पुरुषोत्तम हुमागाई
नवराज महत

नेकपा माओवादी केन्द्र
भगिरथ तिमल्सिना
कोन्ज्योसोम गाउँपालिका

नेपाली कांग्रेस
राजन प्रसाद घिमिरे
सुरेश लामा

नेकपा एमाले
कृष्णमान लामा
कविन्द्र स्याङ्वो

नेकपा माओवादी केन्द्र
गोपीलाल सिंतान
 

 

 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update