Kath Khabar
चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ मा


काठमाडौं, चैत १९। सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । 

न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो । 

यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेपछि आज सुनुवाइ हुन नसकेको हो । 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update