Kath Khabar
देउवाको गृह जिल्लामा नेपाली कांग्रेसले उठायो २९ वर्षीय युवा मेयर



     काठमाडौं, वैशाख १३। भरत बडायर जोशीलाई नेपाली काङ्ग्रेसले डडेल्धुरा जिल्ला, परशुराम नगरपालिकाको मेयर पदको उम्मेदवारकोरुपमा मनोनयन गरेको छ । उहाँ, बेइजिङको चाइनिज एकेडेमी अफ साइन्स विश्वविद्यालयबाट वायुमण्डल भौतिकशास्त्रमा स्नातकोत्तर  गरेका, एक २९ वर्षीय युवा वैज्ञानिक, सामाजिक अभियन्ता, र सफल उद्यमी हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस परशुराम नगरपालिकाका नगर सभापति हुनुहुन्छ ।

सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि उहाँले एक वर्ष नेपाल युवा संस्था संजाल नेपाल (आयोन)मा उद्धार तथा राहतका कार्य समेत  गरेका थिए । उहाँले सन् २०१६ देखि २०१८ सम्म नेपाल युवा संस्था संजाल (आयोन)को महासचिवको रुपमा सिंगो नेपालीयुवाहरुको नेतृत्व समेत गरेका थिए ।

उहाँ कोभिड-१९ को पहिलो लहरमा सुदूर पश्चिममा रहेका दीर्घरोग लागेका बिरामी वृद्धवृद्धाहरूको लागि निःशुल्क औषधि वितरण गरी सहयोग गरेका थिए । साथै सो समयमा परशुराम नगरपालिका क्षेत्रमा आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गरेका सक्षम र उदार मन भएका परशुराम नगरपालिकाका समाजसेवी कांग्रेसका युवा नेता हुनुहुन्छ ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update