भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउँदै

काठमाडौं, वैशाख २०। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउदै हुनुहुन्छ।
भारतीय पत्रिका द हिन्दुका अनुसार उक्त दिन मोदीको नेपाल भ्रमण केही घण्टाको मात्रै हुनेछ । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लाग्नुभएको हो।
सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । यसअघि उहाँ सन् २०१९ मा नेपाल भ्रमणमा आउनु भएको थियो । भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने बताईएको छ। भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय