Kath Khabar
यसरी हुँदैछ काठमाडौँ महानगरपालिकाको मतगणना


 

    काठमाडौं, वैशाख  ३१।  निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ । कार्यालयले अहिले मतगणनाका लागि              दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । 
    
    सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उहाँले जानकारी दिनुभयो । सुरुमा वडा नं १      र ३२ को मत गणना गरिने अधिृकत श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update