Kath Khabar
पारिश्रमिकलगायत कुनै पनि सुविधा नलिने  दमक नगर प्रमुखको घोषणा

     दमक, जेठ ८। झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गर्नुभएको छ ।निर्वाचन आयोगद्वारा  निर्वाचितहरुलाई  प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पार्नुभएको हो  ।

जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गर्नुभयो । दमकको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उहाँले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राप्रपासहितको सत्तारुढ गठबन्धनबाट उहाँ राप्रपाका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई प्रसार्इं निर्वाचित हुनुभएको थियो । दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update