राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त
११ वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर

काठमाडौं, जेठ ६ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।
पुनः नियुक्ति पश्चात आज विहिबार सिंह दरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओली समक्ष सपथ ग्रहण गर्नु भएको हो । सपथ ग्रहण पश्चात उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा ११ वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८ १४:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय