अरूण चौधरीको निलम्बन फुकुवा
बुधबार, फागुन १०, २०७९

महन्थ ठाकुर राष्ट्रपतिका लागि उपयुक्त पात्र : सभापति शेरबहादुर देउवा
बुधबार, फागुन १०, २०७९
बुधबार बिहान धुम्बाराहीस्थित देउवा निवासमा पुगेका लोसपाका नेताहरुसँगको भेटमा उनले राष्ट्रपतिमा महन्थ ठाकुर उपयुक्त पात्र रहेको बताएको लोसपाका नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

राष्ट्रपति निर्वाचन प्रक्रिया शुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक
बुधबार, फागुन १०, २०७९
निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ। २५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको हुने निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाले मतदानमा सहभागी हुन पाउने गरी आयोगले बुधबार नामावली सार्वजनिक गरेको हो।

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि यस्तो छ उम्मेदवारको योग्यता
बुधबार, फागुन १०, २०७९
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थाबमोजिम उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने
मंगलबार, फागुन ९, २०७९
नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् ।

माओवादीमा राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री दाहाललाई
सोमबार, फागुन ८, २०७९
बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनु भयो ।

माओवादी पदाधिकारी बैठक जारी, राष्ट्रपतिबारे छलफल हुने
सोमबार, फागुन ८, २०७९
भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरु बिच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो।

फागुन १३ मा एमालेले राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने
आइतबार, फागुन ७, २०७९
२५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नो तर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
आइतबार, फागुन ७, २०७९
र्वोच्च अदालतले गत मंसिर ४ मा सम्पन्न चुनावमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवारी नै बदर गर्दै पद खारेज गरिदिएपछि यहाँ उपचुनाव हुन लागेको हो।

प्रतिकूल समयमा पनि हामीले देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ अब नेपालको निरन्तर अधोगतिप्रति हामी मौन रहन सक्दैनौँ - पूर्वराजा ज्ञानेन्द्र
आइतबार, फागुन ७, २०७९
नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन सक्दैनौं ।
साताको लोकप्रीय