
नेता भीम रावलद्वारा रवि लामिछानेको जाँच गर्न माग
सोमबार, माघ २३, २०७९
आइतबार पत्रकार सम्मेलन गरेर मिडिया विरुद्ध अनियन्त्रित अभिव्यक्ति दिएका लामिछानेले लोकतान्त्रिक मान्यतालाई नमानेको र गाली गलौचमा उत्रिएको भन्दै जाँच गर्न माग गरेका हुन् ।

रास्वपाका निवर्तमान तीन मन्त्रीहरुद्धारा गर्न लागिएको पत्रकार सम्मेलन स्थगित
सोमबार, माघ २३, २०७९
आज तीन बजे पार्टी कार्यालय बसुन्धरामा गर्ने भनिएको पत्रकार सम्मेलन कुनै कारण नबताइ स्थगित गरिएको हो।
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल
सोमबार, माघ २३, २०७९
अर्याल १ वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन्।

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेट, साझा मोर्चा बनाउने समझदारी
सोमबार, माघ २३, २०७९
माओवादी धारहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएका उनको भनाइ छ।

सोझो चिताएर काम गरेको हुँ, नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन - सभापति रवि लामिछाने
आइतबार, माघ २२, २०७९
लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताउँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् ।

आफूलाई स्वतः निर्वाचित भएको प्रमाणपत्र दिन माग गर्दै निर्वाचन आयोगमा उमेश श्रेष्ठको निवेदन
आइतबार, माघ २२, २०७९
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी
आइतबार, माघ २२, २०७९
शनिबार साँझ प्रधानमन्त्रीसँगको भेटमा लामिछानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रधानमन्त्री दाहालले प्रस्ताव गर्नुभएको थियो।

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै
आइतबार, माघ २२, २०७९
राष्ट्रियसभा उपाध्यक्ष रहनुभएकी शशिकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष पद खाली रहेको थियो।

रास्वपाका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै
आइतबार, माघ २२, २०७९
म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।

सन्दीपलाई धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
शुक्रबार, माघ २०, २०७९
महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गरी थुनामै राख्न माग गर्दै निवेदन दिएको थियो।
साताको लोकप्रीय