
ललितपुरमा थपिंदै छन् १४ सय स्मार्ट स्ट्रिट लाइट
बिहीबार, मंसिर १४, २०८०
दोस्रो चरण अन्तर्गतका १ हजार ४ सय बत्ती मध्ये महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी छ । यस चरण पछि ललितपुरका सबैजसो मुख्य सडक झिलिमिली हुनेछन् । दोस्रो चरणमा सातदोबाटो-हरिसिद्धि, धापाखेल-सुनाकोठी, भैँसेपाटी-बुङमती, खोकना लगायत क्षेत्रका सडकमा जडान हुनेछन् ।

काठमाडौंमा चिसो बढेसंगै तापक्रम घट्यो
बिहीबार, मंसिर १४, २०८०
राजस्थानमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा चिसो महसुस भएको हो।

५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको आयल निगम ऋण मुक्त
बिहीबार, मंसिर १४, २०८०
करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम ऋण मुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगम ऋण मुक्त हुँदा समेत मूल्य घटाएको छैन ।

नेपालमा पहिलोपटक समलिङ्गी जोडीको विवाह दर्ता
बिहीबार, मंसिर १४, २०८०
गुरुङ पारलैङ्गिक महिला हुन् । कानुनले उनलाई पुरुषका रूपमा चिन्दछ । पाण्डे पनि पुरुष नै हुन् । उनीहरूको विवाह सन् २०१७ मा हिन्दू परम्पराअनुसार भएको थियो र सर्वोच्च अदालतको आदेशपछि गत असारमा उनीहरूले काठमाडौँ जिल्ला अदालतमा पहिलो पटक विवाह दर्ता गराउने प्रयास गरेका थिए ।

भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति रोकिने
बुधबार, मंसिर १३, २०८०
टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको हो ।

सरकारले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने
मंगलबार, मंसिर १२, २०८०
एक महिना भित्रै नक्खु कारागारमा हुने १० दिवसीय शिविर पछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागार सहित देशमा ७४ वटा कारागार छन् । ती कारागारमा झन्डै २५ हजार कैदीबन्दी छन् ।
दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ
मंगलबार, मंसिर १२, २०८०
गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।
साताको लोकप्रीय