Kath Khabar
अरूण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई चार दिन हिरासतमा राख्न आदेश
अरूण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई चार दिन हिरासतमा राख्न आदेश व्यवसायी अरुण चौधरीलाई कीर्ते मुद्दामा पक्राउ गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले आपत्ति जनाएका छन् । प्रतिष्ठित व्यवसायीलाई विना सूचना पक्राउ गरिएको भन्दै परिसङ्घले असन्तुष्टि जनाएको हो ।
सीजी होल्डिङ्सका अध्यक्ष विनोद चौधरीका भाइ अरुण चौधरी लाजिम्पाटबाट पक्राउ 
सीजी होल्डिङ्सका अध्यक्ष विनोद चौधरीका भाइ अरुण चौधरी लाजिम्पाटबाट पक्राउ  बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको थियो ।
विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै
विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै कार्यक्रममा भारतका वातावरण अभियन्ता मेघा पाटेकर, पाकिस्तानकी मानव अधिकार अभियन्ता हिना जिलानी, क्युवाका महिला अधिकारकर्मी अलेजा ज्योवेरा लगायत संसारका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता हुनेछ ।
पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन
पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरका मेयर बालेन साहले प्राविधिक मूल्यांकन आएको एक घण्टा भित्र अवैध संरचना खाली गर्ने बताएको पर्यटन मन्त्रालयको सचिवालयले जनाएको छ । यस्तै, कोषको नाममा देशभरि रहेका जग्गा खोज्न समिति गठन गर्नेसमेत निर्णय भएको छ ।
आज देशका केही भागमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना
आज देशका केही भागमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना आज काठमाडौं उपत्यकाको मौसम बदली हुने सम्भावना रहे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ ।
न्यायका लागि फेरि मिटरब्याज पीडितले काठमाडौंसम्म पैदलयात्रा गर्ने
न्यायका लागि फेरि मिटरब्याज पीडितले काठमाडौंसम्म पैदलयात्रा गर्ने आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाडौंको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।
ललितपुरको ग्रिन तारा हेरिटेज अपार्टमेन्टमा मृत फेला परेकी जर्मन नागरिक महिलाको टाउकोमा चोट
ललितपुरको ग्रिन तारा हेरिटेज अपार्टमेन्टमा मृत फेला परेकी जर्मन नागरिक महिलाको टाउकोमा चोट महिलाको टाउकोबाट रगत बगेको देखिएको उनले बताए। उनी भुइँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा रहेको  एसपी कार्कीले बताए। 
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘नमेटिने घाउ’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दै
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘नमेटिने घाउ’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दै रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिड पीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कान सहित सुरवीर पण्डित, सिम्रन खड्का लगायतले अभिनय गर्नेछन्।
Weather Update