Kath Khabar
सुदूरपश्चिममा आज बिहान फेरी भूकम्पको धक्का महसुस
सुदूरपश्चिममा आज बिहान फेरी भूकम्पको धक्का महसुस भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुला पारि भारतको बतन भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो।
हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा
हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई रू २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही रू २ लाखका दरले धरौटी माग गरेको थियो ।
इजरायलबाट उद्धार गरिएका २५४ नेपाली स्वदेश ल्याइए
इजरायलबाट उद्धार गरिएका २५४ नेपाली स्वदेश ल्याइए इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नेपाल फर्किन चाहने नेपालीलाई आफ्नो विवरण अनलाइनमा दिन अनुरोध गरेपछि ५५७ नेपालीले आफ्नो विवरण उपलब्ध गराएको थियो ।
नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा १ करोड भ्रष्टाचार, असई दिलिप कार्कीलाई ६ वर्ष कैद 
नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा १ करोड भ्रष्टाचार, असई दिलिप कार्कीलाई ६ वर्ष कैद  असई कार्कीले इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने गरेका थिए । प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले १ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।
२५३ नेपाली लिएर इजरायलबाट उड्यो जहाज, राति १:३० बजे काठमाडौं आइपुग्ने
२५३ नेपाली लिएर इजरायलबाट उड्यो जहाज, राति १:३० बजे काठमाडौं आइपुग्ने इजरायलमा ४ हजार ५ सय जना नेपाली कामदार (केयर गिभर) छन्। २६५ जना नेपाली विद्यार्थी मध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो।
उपल्लो मुस्ताङका स्थानीय बासिन्दालाई चीन जान अनुमति पत्र
उपल्लो मुस्ताङका स्थानीय बासिन्दालाई चीन जान अनुमति पत्र प्रवेश पास भएका नागरिक जुनसुकै समयमा पनि चीन जाने र आउने सुविधा पाउनेछन् । बोर्डर पास वितरणका लागि तीन कर्मचारीलाई सोमबार इलाका प्रशासन कार्यालय लोमान्थाङ पठाइएको थियो ।
नेपाल एयरलाइन्सको विमान इजरायल पुग्यो, २५० जना नेपाली विमानमा चढे
नेपाल एयरलाइन्सको विमान इजरायल पुग्यो, २५० जना नेपाली विमानमा चढे नेपाली विद्यार्थीहरू विमान भित्र बसिसकेको जानकारी एक विद्यार्थीले दिएका छन् । करिब चार सय नेपाली नागरिकमध्ये आज नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रको भ्रमणमा, नेपाल सरकार अनभिज्ञ
भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रको भ्रमणमा, नेपाल सरकार अनभिज्ञ मोदीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सरकारले २०७७ साल जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेटिएको छ । भारतले भने यो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । 
Weather Update