इजरायलमा १० नेपालीको मृत्यु भएको शोकमा सरकारद्वारा मंगलबार बिदा दिने घोषणा
सोमबार, असोज २२, २०८०
व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो
सोमबार, असोज २२, २०८०
माओवादी केन्द्र, एमाले हुँदै राजतन्त्र फर्काउने ‘अभियान’मा लागेका प्रसाईंले पछिल्लो समय विभिन्न व्यवसायी र नेता लक्षित विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।

इजरायलमा निधन हुने विद्यार्थीका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा, मृतकका परिवारलाई सुदुरपश्चिम सरकारले जनही २ लाख दिने
सोमबार, असोज २२, २०८०
सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ।

कार्ड नहुँदा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आकस्मिक बाहेक अरु छपाइ रोकियो
सोमबार, असोज २२, २०८०
कहिले आवश्यक उपकरण वा सामग्री खरिदका कारण त कहिले व्यवस्थापनका कारण नागरिकले समयमा अनुमतिपत्र पाउन सेका छैनन् । अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डमा समय समयमा समस्या आइरहेको सेवाग्राहीको गुनासो छ ।

आज १४६ औं विश्व हुलाक दिवस, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने सङ्कटमा
सोमबार, असोज २२, २०८०
एक दशक अघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् ।

दशैँ, तिहार तथा छठमा विशेष सुरक्षाको लागि ५० हजार प्रहरी
आइतबार, असोज २१, २०८०
घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

असोज २९ गते देखि दशैँका लागि नयाँ नोट सटही
आइतबार, असोज २१, २०८०
नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउंदै कैलालीबासी
आइतबार, असोज २१, २०८०
‘गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ‘यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धुप भन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।’

काठमाडौं महानगरको चेतावनी : धुवाँको मुस्लो फाल्ने गाडीलाई ३ देखि ९ लाख रुपैयाँसम्म जरिबाना
आइतबार, असोज २१, २०८०
महानगरले सूचना निकालेर मापदण्ड विपरित प्रदूषण सृजना गर्ने गाडी धनीलाई ३ लाख रुपैयाँसम्म जरिबाना गरी २ महिना भित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ । दिएको आदेश बमोजिम कार्य नभएमा जरिबानाको तेब्बर अर्थात ९ लाख रुपैयाँ जरिबाना गराउने सूचनामा उल्लेख छ ।

मनसुन पश्चिमी क्षेत्रबाट बाहिरिए पनि मध्य र पूर्वी क्षेत्रमा कायमै
आइतबार, असोज २१, २०८०
आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश र लुम्बिनी प्रदेशका १/२ ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भने मनसुन बाहिरिसकेको छ ।

उपत्यकामा चाडपर्व नजिकिँदै गर्दा बढ्न थाल्यो चोरी
शुक्रबार, असोज १९, २०८०
घरमा कोही नभएको मौका छोपी दिउँसै समेत ताला फुटाएर तथा मोटरसाइकल चोरीका घटना बढ्न थालेको प्रहरीले जनाएको छ ।

महाराजगञ्जमा गोली लागेर घाइते भएकी असई पत्नी शर्मीला चौधरीको उपचारका क्रममा ज्यान गयो
शुक्रबार, असोज १९, २०८०
मृतक चौधरी ९ दिन अघि श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिएकी थिईन । उनको कोखामा १ राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ ।
साताको लोकप्रीय