महावीर पुनको जीवन कथामा आधारित पुस्तक आइतवार सार्वजनिक हुँदै
बिहीबार, असोज २५, २०८०

इजरायलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने
बिहीबार, असोज २५, २०८०
उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरूको विवरण सङ्कलन गरिरहेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीलाई स्वदेश ल्याउन परराष्ट्र मन्त्री एनपी साउद इजरायल तर्फ
बिहीबार, असोज २५, २०८०
इजरायलमा रहेका नेपाली मध्ये स्वदेश फर्कने इच्छा राख्दै ३५० जनाभन्दा धेरैले नाम टिपाएका छन् । अहिले कामको लागि गएका नेपाली भन्दा पनि पढ्न गएका २६५ जनाले नै नेपाल आउन चासो देखाएकाले उनीहरुलाई पहिलो प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

आज पनि स्थगित भयो सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी
बिहीबार, असोज २५, २०८०
काठमाडौँ जिल्ला अदालतमा गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेकोमा फाँट नम्बर २८ मा रहेको सन्दीपको मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितको सूचीमा परेको एक सूचना अधिकारीले बताए ।
1697093159.jpg)
आज रिगललाई आममाफी दिने निर्णय विरुद्धको मुद्दामा सुनुवाई हुँदै
बिहीबार, असोज २५, २०८०
रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले दायर गरेको रिट माथि बिहीबार सुनुवाइ हुन लागेको हो । सुनुवाइमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो ।

माइतीघरमा ‘रिगल’ को आममाफी विरुद्ध प्रदर्शन र स्थानीय तहका कर्मचारीको आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त
बुधबार, असोज २४, २०८०
‘रिगल’ ले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियन्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको छ । आन्दोलनमा एमाले निकट युवा सङ्घका कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।

इजरायल स्थित नेपालीहरुको उद्धारका लागि नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे इजरायल जाँदै
बुधबार, असोज २४, २०८०
नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई 'ट्रान्जिट' हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।
सरकार बार्तामा व्यस्त : उद्धारमा ढिलाइले इजरायलमा रहेका नेपाली बिद्यार्थी आक्रोशित
बुधबार, असोज २४, २०८०
द्वन्द्व प्रभावित क्षेत्रमा रहेका अन्य देशका विद्यार्थीहरुको उद्धार भइसकेको तर नेपालीको मात्रै उद्धार हुन ढिलाइ भएको भन्दै विद्यार्थीले आक्रोश व्यक्त गरेका छन् ।मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा इजरायलमा रहेको नेपाली दूतावास र इजरायलको विदेश मन्त्रालयसँग छलफल भइरहेको छ । उनीहरुलाई लिन इजरायलमा जहाज पठाउने...

पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको टेकुको पुल निर्माणमा भ्रष्टाचार
मंगलबार, असोज २३, २०८०
०७१ को असारमै ठेक्का लागेको उक्त पुल २०७५ मै सम्पन्न भइसकेको दाबी ठेकेदारले गरेका थिए। तर, मापदण्ड बमोजिम नरहेको र गुणस्तरहीन रहेको भन्दै विभागले उक्त पुलमा समस्या देखाउँदै सञ्चालन गरेको थिएन।

मोडिफाइड (स्वरूप परिवर्तन) गरीएको २२ वटा मोटरसाइकल प्रहरी नियत्रणमा
मंगलबार, असोज २३, २०८०
मोटरसाईकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै हिँड्ने विभिन्न कम्पनीका मोटरसाईकललाई आवश्यक कारबाही गरी परिवर्तन गरिएको स्वरूप हटाई अभिभावकको रोहबरमा जिम्मा लगाई छाडिएको कास्की प्रहरीले जनाएको छ ।

इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने
मंगलबार, असोज २३, २०८०
सरकारले मृतकका परिवारलाई १०-१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका र स्वदेश आउन चाहने सबै नेपालीहरुलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको छ ।

नेपाल पश्चिमी वायुको प्रवेश संगै चिसो बाकेर आउने पश्चिमी वायुले वर्षा र हिमपात गराउने
मंगलबार, असोज २३, २०८०
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिए पछि देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रवेश शुरु भएको हो। पूर्वबाट प्रवेश गर्ने भएकाले मनसुनलाई पूर्वीय वायु भनिन्छ भने पश्चिमबाट भित्रिने वायुलाई पश्चिमी वायु भनिन्छ।
साताको लोकप्रीय