विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई
सोमबार, मंसिर ४, २०८०

४० जना यात्रु सवार बस इलाममा दुर्घटना, १ बालकको मृत्यु
आइतबार, मंसिर ३, २०८०
धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो । अन्य कति जना यात्रु गम्भीर र कति सामान्य घाइते छन् भन्ने खुलेको छैन । उद्दार जारी छ ।

आज रूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प
आइतबार, मंसिर ३, २०८०
यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक पटक परकम्प गइरहेको छ।

झापाका १०० भन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै ठग्ने सञ्जय सरदार पक्राउ
आइतबार, मंसिर ३, २०८०
सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएको साउन महिना देखि बेपत्ता बनेका थिए । उनले ५ करोड रुपैयाँ भन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।

नक्कली नोट सहित वीरगञ्जबाट २ जना पक्राउ
शुक्रबार, मंसिर १, २०८०
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले वीरगञ्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाए पछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो ७ बुँदे पत्र, टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता
शुक्रबार, मंसिर १, २०८०
टिकटकले नेपाल सरकारको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन आग्रह गरेको छ । टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानुनी आधार नटेकेको जस्ता दाबी रिटकर्ताहरुको छ...
साताको लोकप्रीय