Kath Khabar
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलोभन्दा बढी सुन बरामद
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलोभन्दा बढी सुन बरामद भन्सारबाट बाहिरी सकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प
आज धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो  ।
काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर्यो, आज दिनभर घाम लाग्ने
काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर्यो, आज दिनभर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ ।
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पस, जनकपुरका ७५ जना र इटहरी शाखाले ज्योती मा.वि, इटहरी-५ का ५० जना विद्यार्थिलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेको छ ।
किरात धर्मगुरुलाई प्रधानमन्त्रीको ‘दियो कलश’ उपहार
किरात धर्मगुरुलाई प्रधानमन्त्रीको ‘दियो कलश’ उपहार जनयुद्धको समयमा माङसेबुङ र माओवादी बिच खासै राम्रो सम्बन्ध थिएन । तिक्ततापूर्ण सम्बन्ध थियो । तर, माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि भने माओवादी र माङसेबुङ बिच सौहार्द सम्बन्ध बन्दै गएको छ ।
हातहतियार सहित ४ जना पक्राउ 
हातहतियार सहित ४ जना पक्राउ  काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र २  नाले टोटावाल बन्दुक १ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन सहित दुईजना पक्राउ
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन सहित दुईजना पक्राउ कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइ छिपाई ल्याएको ७ थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको जानकारी दिए ।
एनसेल बिक्रीको अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन, आजै उच्च अदालतद्वारा प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश
एनसेल बिक्रीको अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन, आजै उच्च अदालतद्वारा प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश सरकारले एनसेलको शेयर खरिद-बिक्रीका सम्बन्धमा अध्ययन गर्न आजै ५ सदस्यीय उच्चस्तरीय समितिसमेत गठन गरेको छ । तर न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले आज बिहीवार खरिद-बिक्री भएका एनसेलका शेयरहरू मङ्सिर २५ गते सोमवारसम्म दर्ता किताबमा दर्ता नगर्नू र नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी, रुस पठाउने गिरोहमा संलग्न क्षितिज गिरी सहित १२ जना पक्राउ
रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी, रुस पठाउने गिरोहमा संलग्न क्षितिज गिरी सहित १२ जना पक्राउ रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई पठाइ त्यहाँबाट रुस पठाइएको पाइएको छ। कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताए। उनले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूप मात्र भएको बताए।
अनलाइन मार्फत श्रम स्वीकृति लिन र श्रम स्वीकृति नभइ हवाई टिकट नलिन वैदेशिक रोजगार विभागको आग्रह
अनलाइन मार्फत श्रम स्वीकृति लिन र श्रम स्वीकृति नभइ हवाई टिकट नलिन वैदेशिक रोजगार विभागको आग्रह केही दिनअघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भिड लाग्ने गरेको थियो । अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।
आजदेखि पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँड रक्सीमा प्रतिबन्ध
आजदेखि पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँड रक्सीमा प्रतिबन्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर गौशाला मित्रपार्क सडक देखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमाना देखि पश्चिम, गौशाला तिलगंगा चक्रपथ देखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरी देखि दक्षिण भित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ ।
Weather Update