मोडिफाइड (स्वरूप परिवर्तन) गरीएको २२ वटा मोटरसाइकल प्रहरी नियत्रणमा
मंगलबार, असोज २३, २०८०

इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने
मंगलबार, असोज २३, २०८०
सरकारले मृतकका परिवारलाई १०-१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका र स्वदेश आउन चाहने सबै नेपालीहरुलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको छ ।

नेपाल पश्चिमी वायुको प्रवेश संगै चिसो बाकेर आउने पश्चिमी वायुले वर्षा र हिमपात गराउने
मंगलबार, असोज २३, २०८०
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिए पछि देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रवेश शुरु भएको हो। पूर्वबाट प्रवेश गर्ने भएकाले मनसुनलाई पूर्वीय वायु भनिन्छ भने पश्चिमबाट भित्रिने वायुलाई पश्चिमी वायु भनिन्छ।

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
मंगलबार, असोज २३, २०८०
संसारभरी ४ मध्ये १ जनालाई आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन्छ। लगभग ४ करोड ५० लाख मानिसहरू मानसिक स्वास्थ्य समस्याको साथ बाँचिरहेका छन्, यो विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्याहरू मध्ये एक हो।

इजरायलमा १० नेपालीको मृत्यु भएको शोकमा सरकारद्वारा मंगलबार बिदा दिने घोषणा
सोमबार, असोज २२, २०८०
साथै मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको श्रेष्ठले जानकारी दिए।
व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो
सोमबार, असोज २२, २०८०
माओवादी केन्द्र, एमाले हुँदै राजतन्त्र फर्काउने ‘अभियान’मा लागेका प्रसाईंले पछिल्लो समय विभिन्न व्यवसायी र नेता लक्षित विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।

इजरायलमा निधन हुने विद्यार्थीका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा, मृतकका परिवारलाई सुदुरपश्चिम सरकारले जनही २ लाख दिने
सोमबार, असोज २२, २०८०
सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ।

कार्ड नहुँदा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आकस्मिक बाहेक अरु छपाइ रोकियो
सोमबार, असोज २२, २०८०
कहिले आवश्यक उपकरण वा सामग्री खरिदका कारण त कहिले व्यवस्थापनका कारण नागरिकले समयमा अनुमतिपत्र पाउन सेका छैनन् । अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डमा समय समयमा समस्या आइरहेको सेवाग्राहीको गुनासो छ ।

आज १४६ औं विश्व हुलाक दिवस, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने सङ्कटमा
सोमबार, असोज २२, २०८०
एक दशक अघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् ।

आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला
सोमबार, असोज २२, २०८०
यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अहिलेकै भाडादर कायम रहेको र चाडपर्वको नाममा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने यातायात मन्त्रालयले जनाएको छ ।

दशैँ, तिहार तथा छठमा विशेष सुरक्षाको लागि ५० हजार प्रहरी
आइतबार, असोज २१, २०८०
घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

असोज २९ गते देखि दशैँका लागि नयाँ नोट सटही
आइतबार, असोज २१, २०८०
नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउंदै कैलालीबासी
आइतबार, असोज २१, २०८०
‘गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ‘यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धुप भन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।’
साताको लोकप्रीय