Kath Khabar
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई १ वर्ष ३ महिना कैद सजाय
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई १ वर्ष ३ महिना कैद सजाय अख्तियारले २३ पुस ०७५ मा खड्का विरुद्ध मुद्दा चलाएको थियो। जस माथि करिब ५ वर्षपछि फैसला आएको हो। विशेषका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार अख्तियारले मागदाबी लिए बमोजिम खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयर लगायतका सम्पत्ति जफत हुने भएका छन् ।
हेटौँडाको नवलपुरमा बस दुर्घटना, ३७ जना घाइते, चलाक फरार 
हेटौँडाको नवलपुरमा बस दुर्घटना, ३७ जना घाइते, चलाक फरार  दुर्घटनामा घाइते भएका ३७ मध्ये १० जनाको चुरेहिल अस्पताल र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको एसपी गौतमले बताए। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए।
ओखलढुङ्गामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त
ओखलढुङ्गामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ। खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ।  
कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध
कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध करिडोरको रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढ लगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्। सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ।
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।
पशुपतिनाथको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री ओली लगायत सबैको नाम मेटियो
पशुपतिनाथको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री ओली लगायत सबैको नाम मेटियो आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर जलहरी पुन: स्थापित गरिन लागेको हो । जलहरी फेरि राख्न चाहिने लाहा र कालिगढ भारतबाट ल्याएपछि बुधबार बेलुकी पुन: जलहरी राख्न लागिएको हो।
आजबाट सर्वसाधरणका लागि काठमाडौँ उपत्यकाका अस्पतालमा २,०२८ शय्या निःशुल्क उपलब्ध हुने
आजबाट सर्वसाधरणका लागि काठमाडौँ उपत्यकाका अस्पतालमा २,०२८ शय्या निःशुल्क उपलब्ध हुने ‘कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५० शय्या, ट्रमा सेन्टरले १५० शय्या र सहिद गंगालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन्,’ मन्त्री बस्नेतले  भने। उनले विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने जानकारी...
बरिष्ठ कलाकार किरण के.सी (राता मकै)को जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम
बरिष्ठ कलाकार किरण के.सी (राता मकै)को जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम "हरेक रक्तदाता ज्यूँदो भगवान हुन्" भन्ने मूल मन्त्रका साथ यही असार १५ गते शुक्रवार इमाडोलस्थित इन्द्रेणी ब्याङ्क्वेट राता मकै चोकमा बिहान ८ देखि अपरान्ह २ बजेसम्म वृहत रक्तदान कार्यक्रममा सहभागी हुन महालक्ष्मी नगरपालिका लगायत सम्पूर्ण शुभेच्छुकहरूलाई आव्हान गर्नुभएको छ।
२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको आज काठमाडौंमा प्रदर्शन
२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको आज काठमाडौंमा प्रदर्शन सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।
निजी स्कुलका शिक्षकलाई सामुदायिक सरहकै तलब सुविधा दिन मेयर बालेनको निर्देशन
निजी स्कुलका शिक्षकलाई सामुदायिक सरहकै तलब सुविधा दिन मेयर बालेनको निर्देशन तोकिए अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि मेयर साहले अनुरोध गरेका छन् ।
आज इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै , देशभर सार्वजनिक बिदा
आज इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै , देशभर सार्वजनिक बिदा मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।
Weather Update