शरणार्थी प्रकरणबारे नेपाल प्रहरीको विज्ञप्ति
बुधबार, वैशाख २७, २०८०
अर्घाखाँची आगलागीमा घाइते भएका तीन जनाको मृत्यु
बुधबार, वैशाख २७, २०८०
मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए ।
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट ३६०० किलोग्राम फोहर सङ्कलन
बुधबार, वैशाख २७, २०८०
सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गर्नुभएको थियो । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर सङ्कलन गरेको हो ।
विविध कार्यक्रम सहित कानुन दिवस मनाइयो
मंगलबार, वैशाख २६, २०८०
प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानुन दिवसका रुपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो।
मधेश प्रदेशको तापमान ४० डिग्री सेल्सियस पुग्यो
मंगलबार, वैशाख २६, २०८०
सामान्य अवस्थामा दैनिक १५० देखि २०० सम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण दैनिक ३५० सम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले बताए । उनले अधिकांश झाडापखाला, वान्ता र भाइरल खोकीका बिरामी अस्पताल आउने गरेको जानकारी दिएका छन् ।
बैराड नदीमा बस खस्दा १५ जनाको मृत्यु
मंगलबार, वैशाख २६, २०८०
“बिहान ८:४० बजे दसांगा र डोङ्गरगाउँको बीचमा बस बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको थियो। नदी सुकेको थियो, अहिले १५ जनाको मृत्यु भएको खबर छ।
कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु
मंगलबार, वैशाख २६, २०८०
आजबाट सुरु भएको परीक्षामा गत वर्ष तीन विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएका थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
२० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, वैशाख २५, २०८०
नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २४ वैशाखमा भएको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने
सोमबार, वैशाख २५, २०८०
अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ ।
बलात्कार आरोपितलाई पक्राउ गर्दा प्रहरी माथि ढुंगामुढा, बलात्कारी हत्कडी सहित फरार
सोमबार, वैशाख २५, २०८०
३१ वर्षीय संक बुढाले २०७९ असोज ३१ गते स्थानीय दलित महिला माथि बलात्कार गरेको आरोप छ। कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले किटानी जाहेरी दिएको थियो।
परराष्ट्र मन्त्रालयका नायब सुब्बा बेगनास तालमा मृत भेटिए
सोमबार, वैशाख २५, २०८०
उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन्।
साताको लोकप्रीय

