फिर्ता लियो आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि
आइतबार, असोज १४, २०८०
सिनामंगलस्थित केएमसी अस्पताल भित्रै फेरि कुटिए डाक्टर
आइतबार, असोज १४, २०८०
केएमसीमा डाक्टर माथि कुटपिट भएपछि त्यस वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन्।
चिकित्सकहरूले चक्रपथ बन्द गर्न जान लागे पछि अहिले केएमसीमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनीहरूलाई सडकमा निस्कन दिएका छैनन्।

मनसुन फेरि सक्रिय : ५ प्रदेशमा ठूलो वर्षाको सम्भावना
आइतबार, असोज १४, २०८०
आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
आइतबार, असोज १४, २०८०
ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ । तर, पारिवार तथा समाजबाट नै ज्येष्ठ नागरिक अपहेलित हुने क्रम बढेको छ ।

सर्वोच्चले कर्ण शाक्यको ‘पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट’ भत्काउन आदेश दियो
शुक्रबार, असोज १२, २०८०
प्रतिवेदनले रिसोर्टले फेवातालको मापदण्डको जमिन मिचेको मात्र होइन, रिसोर्टका संरचना भएको जग्गा सार्वजनिक पर्ति रहेको र अवैध दर्ता भएको निष्कर्ष दिएको थियो।

आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति
शुक्रबार, असोज १२, २०८०
महासंघसँग र सरकारले ६ बुँदे सहमति गरेको भएपनि उक्त सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राखेका थिए ।
हुम्लामा अनुदानमा बिक्री गरिएको चामल कुहिएको
शुक्रबार, असोज १२, २०८०
खाद्यबाट किनिएको चामल कुहिएको पाइए पछि स्थानीयले बोरा खोलेर घाममा सुकाउने गरेको स्थानीय लोप्चाङ तामाङले बताए । ‘डल्लैडल्ला परेको चामल घाममा सुकाउँदा पनि खान नमिल्ने छ,’ उनले भने ।

फिस्टेल र श्री एयरको हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध
शुक्रबार, असोज १२, २०८०
लुक्लामा भीएफआर उडान गर्दा एउटै हेलिप्याडमा घना बादल लागेको समयमा सँगै उडान गरेको पाइएको छ। दुवै कम्पनीको हेलिकोप्टर पटक पटक टेकअफ र ल्याण्डिङ गरेको जानकारी आएको छ।’

काठमाडौं महानगरसँग ‘ई’ को ४ बुँदै सहमति, आन्दोलन स्थगितको घोषणा
बिहीबार, असोज ११, २०८०
सहमतिमा महानगरपालिकाले फुटपाथ तथा सडक व्यवसायीबाट जफत गरेका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई फिर्ता गर्ने भनिएको छ।

मलेखुमा अखाद्य वस्तु मिसावट गरिएको करिव ५० हजार रुपैयाँ बराबरको माछा जफत गरी नष्ट
बुधबार, असोज १०, २०८०
बिक्रीका लागि माछा सेकाउने वेलामा नै कोलतार रंगको प्रयोग गरेको पाइयो । उनले भने, ‘यो रंग पकाएर खाँदा रासायनिक प्रतिक्रिया गरेर विषाक्त वस्तु बन्छ, त्यस्ता विषाक्त वस्तु मानव शरीरमा प्रवेश भएपछि क्यान्सर, किड्नी लगायतका अंगमा प्रत्यक्ष असर पार्नेछ ।
साताको लोकप्रीय