Kath Khabar
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आज भारी वर्षाको सम्भावना, गएराति सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आज भारी वर्षाको सम्भावना, गएराति सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन हाल काठमाडौं उपत्यकाको बागमतीको सहायक नदी मनोहरा, हनुमन्ते र अन्य साना नदीमा जलसतह बढ्दो रहेको छ। मनोहरा, बालकुमारी जलमापन केन्द्रमा जलसतह सतर्कता नजिक पुगेकाले मनोहरा, हनुमन्ते आसपासका डुबान हुने बस्तीमा रहने र नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियो
यति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियो सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न लागेको यति एयरलाइन्सको विमानमा मुसा देखिएपछि उडान रोकिएको हो ।
त्रिभुवन विमानस्थलबाट ८१ ग्राम सुन सहित १ जना पक्राउ
त्रिभुवन विमानस्थलबाट ८१ ग्राम सुन सहित १ जना पक्राउ कतार एयरवेयजको उडानमा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
५ लाख ऋण लिंदा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कारको शिकार
५ लाख ऋण लिंदा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कारको शिकार ललितपुर प्रहरीका अनुसार, पीडितले मालीसँगै धापाखेलका उमेश शाही विरुद्ध पनि जाहेरी दिएकी छिन् । पीडितका अनुसार, उनी २०७५ सालको अन्तिम देखि ०७६ साउनसम्म पटक पटक बलात्कारमा परेकी थिइन् । मालीले शुरुमा आफूले बलात्कार गरेको त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएर समेत जबरजस्ती करणी गराएको पीडितको भनाइ छ ।
२०४२ देखि बिग्रिएर थन्किएको १०६ वर्ष पुरानो दमकल फेरी चल्न थाल्यो
२०४२ देखि बिग्रिएर थन्किएको १०६ वर्ष पुरानो दमकल फेरी चल्न थाल्यो डेनिस कम्पनीको यो दमकल बेलायत सरकारले तत्कालीन बागमती अञ्चलाधीश कार्यालयलाई नि:शुल्क उपलब्ध गराएको थियो । तर, २०४२ यता महानगरको जुद्ध वारुण यन्त्रको कार्यालय पुल्चोकमा थन्किएको थियो । आफूले बाल्यकाल देखि नै सो दमकल देखेको र प्राविधिकले मर्मत सम्भार गर्न सक्ने बताए पछि मर्मत गरिएको मेयर महर्जनले बताए । 
कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट फरेन्सिक ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
मणिपुर हिंसाका विस्थापित नेपाल छिर्न थाले
मणिपुर हिंसाका विस्थापित नेपाल छिर्न थाले कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेश बाँस्तोला मणिपुर हिंसाका कारण उताका बासिन्दा नेपाल आउँदा सुरक्षा जोखिम बढ्न सक्ने भएकाले त्यस्ता व्यक्ति माथि निगरानी हुने बताउँछन् । ‘सीमामा निगरानी बढाइएको छ,’ उनी भन्छन्,‘त्यहाँका कति बासिन्दा नेपाल आए भन्ने ठ्याक्कै विवरण भने छैन ।’ 
Weather Update