Kath Khabar
काठमाडौं उपत्यकामा घरजग्गाको कारोबार १८ प्रतिशतले बढ्यो
काठमाडौं उपत्यकामा घरजग्गाको कारोबार १८ प्रतिशतले बढ्यो चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा काठमाडौं उपत्यकामा २ हजार ३ सय १५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो भदौ महिनाको तुलनामा १८ प्रतिशत बढी हो। भदौमा १ हजार ९ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो।
आन्तरिक एवम् बाह्य पर्यटकले देशका सबैजसो पर्यटकीय स्थलमा चहल पहल
आन्तरिक एवम् बाह्य पर्यटकले देशका सबैजसो पर्यटकीय स्थलमा चहल पहल धेरै स्कुल, क्याम्पस तिहारसम्म बिदा हुने भएकाले यो बेला घुम्न निस्कनेमा विद्यार्थी र शिक्षकको सङ्ख्या बढी छ । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेपछि होटल तथा लज भरिभराउ भएका छन् ।
सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको पुग्यो एक लाख १७ हजार
सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको पुग्यो एक लाख १७ हजार यसअघि गत शुक्रबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क ?
चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क ? कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुबिधा उपलब्ध हुनेछ ।
खाद्यले प्रतिकिलो २०/२५ रुपैयाँ घटायो जिउँदो खसी बोका र च्याङ्ग्राको मूल्य
खाद्यले प्रतिकिलो २०/२५ रुपैयाँ घटायो जिउँदो खसी बोका र च्याङ्ग्राको मूल्य कम्पनीका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको छ । बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको कम्पनीले जनाएको छ । 
Weather Update