प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत
मंगलबार, असोज २१, २०८२
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट टर्यो, पूर्वमा वर्षा जारी
आइतबार, असोज १९, २०८२
बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न शुरु गरेको छ भने कोसी प्रदेशको धेरै स्थानमा मध्यम देखि भारी वर्षा भईरहेको छ। जुन क्रम अवको केही घण्टा कायम रहन सक्ने देखिन्छ।
भक्तपुरबाट लाङटाङ घुम्न गएका ४ जना खोल्साले बगाएर बेपत्ता
शनिबार, असोज १८, २०८२
बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।
'तपाईको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो'- प्रधानमन्त्री कार्की
शनिबार, असोज १८, २०८२
‘हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ। सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन्। राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्’
काठमाडौँ –१४ मा खोलाको छेउमा पहिरो गएर सडक भासियो, कुनै समस्या परेमा यि हेल्पलाइन नम्बरहरूमा सम्पर्क गर्न सकिने
शनिबार, असोज १८, २०८२
यदि कुनै बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरले जनाएको छ । जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन महानगरले अनुरोध गरेको छ।
भारी वर्षा गराउने बादल नेपाल प्रवेश, यि स्थानमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने
शनिबार, असोज १८, २०८२
वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशा तर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकोले सतर्कता अपनाऊनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज यि स्थानमा छ भारी वर्षाको सम्भावना, अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध
शुक्रबार, असोज १७, २०८२
आजदेखि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असोज १७ देखि २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।
साताको लोकप्रीय

