Kath Khabar
जेनजी शहिदको सम्मानमा आज देशभर राष्ट्रिय शोक विदा
जेनजी शहिदको सम्मानमा आज देशभर राष्ट्रिय शोक विदा गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको आन्दोलनको क्रममा कम्तिमा ७३ जना युवाको मृत्यु भएपछि अन्तरिम मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक घोषणा गरिएको हो ।
जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि १० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा आर्यघाटमा गरिएको छ भने बाँकी ६ पार्थिव शरीर भने सेनाको हेलिकप्टरबाट उनीहरूको जन्मथलो लगिने जनाइएकाे छ । शवयात्रामा सहभागिता जनाउन जेन जी समुहहरुले आग्रह गरेका थिए ।
सिभिल अस्पतालमा अझै ९ जनाको उपचार जारी,
सिभिल अस्पतालमा अझै ९ जनाको उपचार जारी, कूल ५१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएकोमा ४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
सुशीला कार्की नेतृत्वको क्याविनेटमा सहभागी हुन अस्वीकार गरे डा. सन्दुक रुइतले
सुशीला कार्की नेतृत्वको क्याविनेटमा सहभागी हुन अस्वीकार गरे डा. सन्दुक रुइतले उनले अस्पतालको कर्तव्य र बिरामी हेरचाहप्रति आफ्नो प्रतिबद्धतामा जोड दिँदै आफ्नो चिकित्सा कार्य मार्फत जनताको सेवा गरिरहने आफ्नो साेच रहेको उल्लेख गरे ।
अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकका यस्ता छन् निर्णयहरु
अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकका यस्ता छन् निर्णयहरु यस्तै, मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने, जेनजी प्रदर्शनमा मृत्यु भएकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने बैठकले निर्णय गरेको छ ।
अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण, बजेट कार्यान्वयन कार्यदल गठन
अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण, बजेट कार्यान्वयन कार्यदल गठन “अब हामीलाई निर्वाचन सम्पन्न गर्नुपर्नेछ र युवाहरूको माग सम्बोधन गर्नुपर्नेछ। त्यसैले अनावश्यक बजेट काटिनेछ,” मन्त्री खनालले भने ।
Weather Update