Kath Khabar
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आज भारी वर्षाको सम्भावना, गएराति सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आज भारी वर्षाको सम्भावना, गएराति सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन हाल काठमाडौं उपत्यकाको बागमतीको सहायक नदी मनोहरा, हनुमन्ते र अन्य साना नदीमा जलसतह बढ्दो रहेको छ। मनोहरा, बालकुमारी जलमापन केन्द्रमा जलसतह सतर्कता नजिक पुगेकाले मनोहरा, हनुमन्ते आसपासका डुबान हुने बस्तीमा रहने र नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।
तोके भन्दा बढी शुल्क लिने टोखाका संस्थागत विद्यालय कारबाहीमा
तोके भन्दा बढी शुल्क लिने टोखाका संस्थागत विद्यालय कारबाहीमा नगरपालिकाले हिजो एक विज्ञप्ति जारी गरी विभिन्न मिति र समयमा नगरपालिका भित्रका संस्थागत विद्यालयको अनुगमन तथा निरीक्षण गर्दा कतिपय विद्यालयले अभिभावकसँग नगरपालिकाले तोकेको मापदण्ड भन्दा बढी शुल्क लिएको पाइएको जानकारी दिएको हो । 
यति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियो
यति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियो सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न लागेको यति एयरलाइन्सको विमानमा मुसा देखिएपछि उडान रोकिएको हो ।
सुन प्रकरण छानबिनमा सहमति नहुँदा स्थगित भयो प्रतिनिधि सभाको बैठक
सुन प्रकरण छानबिनमा सहमति नहुँदा स्थगित भयो प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राख्दै आएको छ।
त्रिभुवन विमानस्थलबाट ८१ ग्राम सुन सहित १ जना पक्राउ
त्रिभुवन विमानस्थलबाट ८१ ग्राम सुन सहित १ जना पक्राउ कतार एयरवेयजको उडानमा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते
काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ। ट्यांकर ठोक्किए पछि मन्दीरको भित्तामा क्षति पुगेको छ। 
Weather Update