Kath khabar
महालक्ष्मी बहुप्राविधिक शिक्षालय: एसइईपछिको प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिमको लागि उत्कृष्ट शिक्षालय
प्रमुख हरिश सिंह थापा


           ललितपुर, साउन २३ । महालक्ष्मी बहुप्राविधिक शिक्षालय, ललितपुर जिल्लाकै पहिलो र एकमात्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आंगिक शिक्षालय हो । यो शिक्षालय महालक्ष्मीनगरपालिका वडा नं. ९ लामाटारमा अवस्थित छ । यस शिक्षालयको उद्देश्य दक्ष र प्राविधिक जनशक्ति उत्पादन गरी रोजगारी, स्वरोजगारी बढाइ आर्थिक र सामाजिक उन्नति गर्दै देशलाई समृद्धि र सुखी नेपाल बनाउनु हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को स्थापना, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५ बमोजिम स्वायत्त संस्थाको रुपमा आधारभूत, मध्यम तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको व्यवस्थापन तथा सीपको स्तर निर्धारण एवं प्रमाणीकरण, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रदायक निकायहरुसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने मुख्य उद्देश्यका लागि भएको हो ।

हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले स्वास्थ्य, इन्जिनियरिङ्, कृषि,  होटल व्यवस्थापन आदि जस्ता विधामा प्रि-डिप्लोमा र डिप्लोमा र प्रमाण पत्र तहका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । प्राविधिक शिक्षाले राम्रो र दिगो रोजगारीका लागि व्यावहारिक ज्ञान र सीपहरू प्राप्त गर्न शिक्षामा समानता, समावेशीकरण र दिगो विकासको साथै सामाजिक रूपान्तरणको लागि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको उद्देश्य ज्ञान, सीप र क्षमताहरू प्राप्त गरी कार्य शक्ति तयार गर्नु हो जसले तिनीहरूलाई प्रभावकारी काम कार्य सम्पादनको लागि सक्षम बनाउन सक्छ । प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न पर्दैन । त्यसैले, आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै हो। पछिल्लो समय विद्यार्थी व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका छन् । व्यवसायिक तरिकाले जुनसुकै काम गर्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण नयाँ पुस्ताका युवाले दिन थालेका छन् ।

आवश्यकता अनुसार स्वास्थ्य, इन्जिनियरिङका साथै अन्य बिभिन्न कार्यक्रमहरू संचालनको लागी स्थापित यस शिक्षालयमा अहिले ३ वर्षे डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी कार्यक्रम सञ्चालित जेहनदार छात्रवृत्ति र परिषद्ले तोकेको छात्रवृत्तिहरु सहित अन्य विद्यार्थीहरूका लागि अत्यन्तै न्यून शुल्क, ३ वर्षको जम्मा ६०,००० (साठी हजार मात्र) रहेको जानकारी शिक्षालयका शिक्षालय प्रमुख हरिश सिंह थापाले दिनुभयो इन्फरमेसन टेक्नोलोजी बिषय पढेर रोजगारीको क्षेत्र धेरै भएकोले एसइईपछिको प्राविधिक शिक्षा पढ्ने एउटा राम्रो विकल्प हुनसक्छडिप्लोमा कार्यक्रमका साथै यस शिक्षालयमा विभिन्न किसिमको छोटो अवधिको व्यावसायिक तालीमहरु पनि संचालन गरिन्छ

 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update