Kath khabar
नेकपा एमालेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

 

                     काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई लाई नेकपा (एमाले) ले विश्वासको मत नदिने भएको छ ।

एमाले संसदीय दलको बैठकले तात्कालिन अवस्थामा प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । राप्रपा र नेमकिपाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन ।

नेकपा एमाले, रास्वपा र राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन  लाग्नुभएको हो । ।

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update