Kath khabar
क्षतिपूर्तिको माग दाबीसहित ढाकाकुमार श्रेष्ठविरुद्ध मुद्दा हाल्दै रास्वपा प्रवक्ता ढकाल


                 काठमाडौं, जेठ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने बताएका छन्।  

ढकाल आफू र पार्टी उपसभापति डिपि अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएर आफूलाई समानुपातिक सांसद बनाएको आरोप लगाउदै केहि सञ्चार माध्यमहरुमा समाचार आएकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको सामाजिक सञ्जालमार्फत उनले बताएका छन् ।

उक्त आरोपले आफुहरुको मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याएको भन्दै श्रेष्ठविरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने प्रवक्ता ढकालले बताएका हुन् । साथै उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता गर्ने र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने जानकारी दिएका छन् ।

केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले (DP Aryal) ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update