Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानकै आधारमा पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ

 

                 काठमाडौं, जेठ ११ ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बयानकै आधारमा नाम लिइएका व्यक्तिलाई पक्राउ गर्न नसकिने बताएका छन् ।

बिहीबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ८ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने जवाफ दिएका हुन् ।

तर, नाम लिइएका व्यक्ति माथि भने अनुसन्धान भइरहेको उनको भनाइ छ  । प्रहरीलाई राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्न निर्देशन दिएको उनले बताए।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update