Kath khabar
‘लू’ बाट बच्न अपनाउनुस् यस्ता उपायहरु

 

                काठमाडौं, जेठ २८ । तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु भनिन्छ ।  तातो हावाको लहरले कतिपय अहिले तराइमा तापक्रमले ‘रेकर्ड ब्रेक’ गरिरहेको छ। नियमित भन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने लु लाग्ने सम्भावना हुन्छ ।

अत्यधिक गर्मीका कारण रक्तनलीहररु फराकिलो हुन्छ । यसले गर्दा रक्तसञ्चार प्रकृया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ । रक्तसञ्चार प्रक्रिया बढ्नु र शरीरको रगत तातो हुनाले शरीर भित्रको तापक्रम पनि बढ्छ, त्यसलाई नै  ‘लु’ लागेको भनिन्छ ।

गर्मी मौसममा तापमान बढ्दै जाँदा लु या हिटस्ट्रोकको खतरा पनि बढ्दै जान्छ यसले गर्दा बर्सेनि हजारौं मानिसको मृत्यु हुने गरेको पाइन्छ। त्यसैले यो समयमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक हुन्छ।

लु लाग्दा कस्ता असरहरु देखापर्छन् ?

  • शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने
  • श्वासप्रश्वास र रक्तचाप कम हुने
  • हृदयको गति तीव्र हुने
  • टाउको अत्यधिक दुख्ने,
  • शरीरबाट पसिना ननिस्कने
  • चक्कर लाग्ने, अचेत हुने
  • छाला सुक्खा, रातो र तातो हुने

तातो हावा अर्थात 'लु' बाट बच्न के गर्ने ?

  • आफूलाई सितल राख्न चिसो पानीले नुहाउनुहोस्
  • सकभर चर्को घाममा ननिस्किने, निस्किनै परे पातलो खुकुलो कपडा लगाउनुहोस्
  • बाहिर हिड्दा कपडाले टाउको छोप्नुहोस् वा छाता ओड्नुहोस्
  • प्रशस्त मात्रामा पानी पिउने र फलफूलहरु खाने गर्नुहोस्
  • एकैपटक धेरै खानु भन्दा पटक पटक गरी खाना खाने, सकभर घरकै खाना खानुहोस्
  • मदिरा सेवन नगर्ने, चिया कफि, सोडा जस्ता क्याफिन तथा चिनीयुक्त पेयपदार्थ सेवन नगर्नुहोस्
  • खेतबारीको काम साझ वा बिहान गर्नुहोस् । चर्को घाममा काम नगर्नुहोस् 
  •  क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउनुहोस्
  • चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउनुहोस्


 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update