Kath Khabar
आज प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विद्येयक पेश गरिने

काठमाडौं, भदौ २९ ।  प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।

बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा सम्भावित दुई कार्यक्रम प्रस्तुत गरिने बताइएको छ।  संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुने कार्यसूची तय भएको छ।

त्यस्तै, अर्को २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत सदस्य रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update