इन्डोनेसियामा विवाह नगरि यौन सम्बन्ध राख्नेलाई जेल सजाय हुने व्यवस्था सहितको कानुन पारित
बिहीबार, मंसिर २२, २०७९
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा खड्का र जोशी
बिहीबार, मंसिर २२, २०७९
यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।
प्रधानन्यायाधीश विरुद्धको महाभियोग निष्क्रिय, बारको आकस्मिक बैठक, प्रधानन्यायाधीश ३ बजे सर्वोच्च जादै
बुधबार, मंसिर २१, २०७९
सर्वोच्च अदालतमा वकिलहरुले अवरोध गर्ने तयारी गरिरहेको विषयमा ‘सम्बन्धित निकायले पत्र दिइसकेपछि पनि यसरी अवरुद्ध गर्नु गलत हो । सरकारले सुरक्षा दिएर भित्र जाने वातावरण बनाइदिनुपर्छ ।’
जर्मनीमा कू को प्रयास, २५ जना पक्राउ
बुधबार, मंसिर २१, २०७९
‘राजकुमार हाइनरिक तेह्रौँ’ भनिने ७१ वर्षका एक जर्मन पुरुषलाई उक्त षडयन्त्रको मुख्य योजनाकार भनिएको छ। अहिलेको जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ ताकाको जस्तो जर्मनी राष्ट्र निर्माणको षडयन्त्रमा उक्त समूहका करिब ५० महिला तथा पुरुष सदस्य सामेल भएको हुनसक्ने ठानिएको छ।
उपत्यकामा रु दुईमा ‘वाटर भेन्डिङ’ मेसिनबाट पिउने पानी
बुधबार, मंसिर २१, २०७९
वाटर एटिएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटिएम राखिएको छ । मानिसको भीडभाड हुने स्थान, पार्क तथा सार्वजनिकस्थलमा एटिएम व्यवस्था गरिएको हो । त्यसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ ।
विश्वमा बर्सेनि खर्बौ डलरको हातहतियार बिक्री
मंगलबार, मंसिर २०, २०७९
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा विश्वका १ सय वटा ठूला हतियार निर्माता कम्पनीहरुले ५ खर्ब ९२ अर्ब डलरका हतियार तथा सैन्य सामग्रीहरु बिक्री गरेका छन् । यो भनेको सन् २०२० को तुलनामा १.९ प्रतिशतले धेरै हो ।
हेइटी : गुण्डाहरूको जगजगी जहाँ प्रधानमन्त्री समेत कार्यालय जान सक्दैनन्
मंगलबार, मंसिर २०, २०७९
अपहरण त फैलँदो उद्योग बनेको छ। राष्ट्रसङ्घका अनुसार ज्यानुअरी र अक्टोबरको बीचमा १,१०७ जना अपहरणमा परेका थिए। कतिपय समूहका निम्ति अपहरण आयको मुख्य स्रोत बनेको छ। बिहानीको ‘रश आवर’ वा व्यस्त समय भनेको ६ बजेदेखि ९ बजेसम्म अपहरण अत्यधिक हुन्छ। त्यसपछि बेलुकीको व्यस्त समय ३ बजेदेखि ६ बजेसम्म अर्को चरणका...
चीनको वुहानस्थित प्रयोगशालाका वैज्ञानिकको खुलासा : कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो
सोमबार, मंसिर १९, २०७९
महामारीविज्ञ हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’मा अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन् । हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ। हफले आफ्नो पुस्तकमा दाबी गरेका छन की चीनको ‘गेन-अफ-फङ्सन’ प्रयोग अपर्याप्त सुरक्षाका साथ सञ्चालन गरिएको थियो, जसका कारण वुहान प्रयोगशालामा...
आफ्नो बालबालिकाको नाम "बम, बन्दुक, स्याटेलाइट" राख्न अभिभावकलाई उत्तर कोरिया सरकारको आदेश
सोमबार, मंसिर १९, २०७९
यसअघि, उत्तर कोरियाली सरकारले आफ्ना नागरिकहरूलाई दक्षिण कोरियाको जस्तै ए री (मनपर्ने) र सु मी (धेरै सुन्दर) जस्ता नामहरू प्रयोग गर्न अनुमति दिएको थियो। तर अब यस्ता नाम भएका व्यक्तिले बढी देशभक्ति र वैचारिक नाम राख्नु पर्ने सरकारको आदेश छ, त्यसो नगर्नेलाई जरिवाना हुनेछ ।
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
सोमबार, मंसिर १९, २०७९
महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए।
महाकालीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि सीमामा तनाव
आइतबार, मंसिर १८, २०७९
भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।
ललितपुरको ग्वार्कोमा 'फ्लाइओभर' को काम आउँदो शुक्रवारदेखि, यसरी हुँदैछ गाडीको व्यवस्थापन
आइतबार, मंसिर १८, २०७९
कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण गाडीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चल्ने व्यवस्था गरिएको छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा २ पाङ्ग्रे गाडीलाई बल्खुबाट सर्भिस लेनमा र साना ४ पाङ्ग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
साताको लोकप्रीय

