Kath Khabar
भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा नेपालमा किन बढ्यो चासो
भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा नेपालमा किन बढ्यो चासो कतिपय भारतीय महन्तले ‘हिन्दू-सम्राट’को उपाधि दिने गरेकाले पनि भारतमा निकै महत्त्व साथ हेरिएको राम मन्दिरको प्राणप्रतिष्ठामा पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागिताबारे चासो पाइन्छ । राम जन्मभूमि अयोध्या भारतको उत्तर प्रदेशमा पर्छ जहाँका मुख्यमन्त्री योगी आदित्यनाथ भएकाले पनि पूर्वराजा ज्ञानेन्द्रको सहभागिताप्रति थप चासो बढेको बताइन्छ ।
घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन गर्ने नौ जना काठमाडौंको थलीबाट पक्राउ
घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन गर्ने नौ जना काठमाडौंको थलीबाट पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला पारेको हो । कारखानामा विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिरा नक्कली रूपमा उत्पादन भइरहेका थिए । 
नेपालकै सबैभन्दा भव्य पुस्तकालय भवन 'केशरमहल' पुनर्निर्माणको ९५ प्रतिशत पूरा
नेपालकै सबैभन्दा भव्य पुस्तकालय भवन 'केशरमहल' पुनर्निर्माणको ९५ प्रतिशत पूरा केशरमहलमा ६१ वटा कोठा छन् । दुई स्थानमा आपत्कालीन फलामे भर्‍याङ निर्माण गरिएको छ । भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । उनका अनुसार केशरमहलका सबै भित्ता १२ मिलिमिटर मोटाइका फलामे पाताले ‘ज्याकेटिङ’ गरिएको छ । नियमित मर्मत सम्भार गरेमा यसले १ सय वर्ष धान्न सक्ने छ ।
१५ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाटै
१५ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाटै अनलाइन प्रणाली शुरु भएपछि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेश गर्न र शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा पछिल्लो प्याकेजका १५ पुलमध्ये आठवटा पुल निर्माण सम्पन्न भएका छन् । थप चार पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिए । सडकखण्डको भरतपुर महानगरपालिकामा रहेका सबै पुल चैतभित्र निर्माण सम्पन्न हुनेछन् ।
Weather Update