Kath Khabar
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युटमा फेरी अर्को नेपाली विद्यार्थीको मृत्यु, अनुसन्धान हुँदै
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युटमा फेरी अर्को नेपाली विद्यार्थीको मृत्यु, अनुसन्धान हुँदै स्मरण रहोस् गत फागुन ४ मा सोही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल छात्रावासमा मृत भेटिएकी थिइन् । नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
जसपा नेत्री बबिसिंह यादवले वैवाहिक समारोहमा बन्दुक पड्काएकोबारे अनुसन्धान सुरु
जसपा नेत्री बबिसिंह यादवले वैवाहिक समारोहमा बन्दुक पड्काएकोबारे अनुसन्धान सुरु सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले बीबीसीलाई "भिडियोमा देखिएको भनिएको 'पेस्तोल' केहीबेरअघि सर्लाहीबाट खानतलासीको क्रममा बरामद गरेर मुचुल्का उठाउने काम भएको" बताए।
तीन प्रदेशमा बिहानैदेखि वर्षा, देशका पहाडी स्थानहरुमा मध्यम वर्षाको सम्भावना
तीन प्रदेशमा बिहानैदेखि वर्षा, देशका पहाडी स्थानहरुमा मध्यम वर्षाको सम्भावना देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। वागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज अक्षय तृतीया पर्व, जौँको सातु र सर्वत खाएर मनाइँदै
आज अक्षय तृतीया पर्व, जौँको सातु र सर्वत खाएर मनाइँदै धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव-पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
Weather Update