आज अक्षय तृतीया, सातु र सर्बत सेवन गरी मनाइँदै
आइतबार, वैशाख १०, २०८०
सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान
शुक्रबार, वैशाख ८, २०८०
“हामीले नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाइ गर्ने भएका छौँ”, जोशीले भन्नुभयो, “अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।”
२८ हजार रुपैयाँमा राहदानी बनाइ दिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
शुक्रबार, वैशाख ८, २०८०
विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैयाँ दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ मगर गाउँ बस्ने ३४ वर्षीय स्माईल स्टार पुन सहित ३ जनालाई हिजो (बिहीबार) पक्राउ गरेको हो ।
आज यि प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
शुक्रबार, वैशाख ८, २०८०
राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
वैशाख १० गते हुने त्रिभुवन विश्वविद्यालयको परीक्षा सर्यो
शुक्रबार, वैशाख ८, २०८०
निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो ।
जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु
बिहीबार, वैशाख ७, २०८०
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको हो । यस्तै अन्य २ जना घाइते भएका छन् ।
करिब ५ किलो अवैध सुनका गरगहना सहित २ जना पक्राउ
बिहीबार, वैशाख ७, २०८०
पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो। यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ।
हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै
बिहीबार, वैशाख ७, २०८०
हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज खुवाउन लागिएको हो । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
आज सूर्य ग्रहण, नेपालमा सुतक नलाग्ने
बिहीबार, वैशाख ७, २०८०
पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।
साताको लोकप्रीय

