मकवानपुर र सर्लाहीबाट अवैध गाँजा सहित ५ जना पक्राउ
शुक्रबार, मंसिर २३, २०७९
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री देउवा
शुक्रबार, मंसिर २३, २०७९
भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
काठमाडौंमा मेलम्ची खानेपानी कुन पानी ट्याङ्कीबाट कति लिटर वितरण हुँदैछ ?
शुक्रबार, मंसिर २३, २०७९
खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिब १२ करोड लिटर रहेको बताउनु भयो । उहाँले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने बताउनु भयो ।
आजदेखि राजधानीमा मेलम्चीको पानी वितरण गरिदै
शुक्रबार, मंसिर २३, २०७९
असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो।
टेष्टट्युब बेबी प्रविधिबाट नर्भिकमा निसन्तान दम्पतीले पाए तिम्ल्याहा बच्चा
बिहीबार, मंसिर २२, २०७९
‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं ।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीबार भने–‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’
चितवनको फिल्सिङमा दुर्घटना, विदेशी नागरिकको मृत्यु
बिहीबार, मंसिर २२, २०७९
मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पृथ्वी राजमार्गमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा विदेशी नागरिकको मृत्यु
बिहीबार, मंसिर २२, २०७९
नारायणगढबाट काठमाडौँ जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३-००१ च १६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।
इलाका प्रहरी कार्यालय लहान अगाडि पत्रकारको धर्ना
बिहीबार, मंसिर २२, २०७९
अध्यक्षका छोरा चन्दनसहित ३ जनाले गाउँपालिकाको नाममा रहेको प्र.१-००१ व ०३२३ नम्बरको मोटरसाइकल चढेको विषयमा प्रश्न उठाउँदा आफू कुटिएपछि कारबाहीको माग सहित जाहेरी दिएको भए पनि प्रहरीले दर्ता समेत गर्न नमानेको उनले गुनासो गरेका छन् ।
लालु यादवलाई आफ्नै छोरीले मिर्गौला दिइन्
बिहीबार, मंसिर २२, २०७९
पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ। यादवलाई उनकी छोरी रोहिणी आचार्यले मृगौला दान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रदुषण जाँच पासमा पास नहुने सवारी साधनलाई एक लाख जरिवाना
बिहीबार, मंसिर २२, २०७९
विभागले सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाइ जाँचपास गराएर मात्र सार्वजनिकस्थानमा सञ्चालनमा ल्याउन अनुरोध गरेको छ ।
सुकुम्वासीका नेता भन्छन्, "अपार्टमेन्ट होइन, भूमिमा अधिकार चाहिन्छ"
बिहीबार, मंसिर २२, २०७९
भूमिमा अधिकार सुनिश्चित नभएसम्म ती अपार्टमेन्टमा सर्नु 'भाडामा बस्नुजस्तै' भन्दै अपार्टमेन्टले आफ्ना समस्याको समाधान नगर्ने संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए । थापाथलीस्थित सुकुम्वासी बस्तीबाट केही किलोमिटर दूरीमा नागार्जुन नगरपालिका, रानीवनमा बनाइएका ती अपार्टमेन्टमा सर्न सुकुम्वासीहरू भने तयार छैनन्।
नेवार समुदायको मौलिक एवं प्रमुख पर्व ‘यःमरी पुन्हि’ आज धुमधामले मनाइँदै
बिहीबार, मंसिर २२, २०७९
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन्। यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ।
साताको लोकप्रीय

