३ हजार ७०३ अनलाइन सञ्चार माध्यमको, सूचीकरण अद्यावधिक गर्न प्रेस काउन्सिलको सूचना
आइतबार, मंसिर १८, २०७९
सिन्धुलीबाट २ मोटरसाइकलमा ५ केजी अवैध गाँजा बरामद
आइतबार, मंसिर १८, २०७९
शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना २३ प ८७८३ र प्र. ३ - ०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार ४ जना मोटरसाइकल छाडेर भागेका थिए।
२१ वर्षीया माया लुहारको हत्याको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ
आइतबार, मंसिर १८, २०७९
मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका-४ की माया बुधबार शीवनाथ-६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन्।
ग्रेडरले कुल्चिएर छात्राको मृत्युपछि धनगढीमा आन्दोलनरत विद्यार्थीहरुद्वारा निषेधाज्ञाको अवज्ञा गर्दै पुनः प्रदर्शनमा
शुक्रबार, मंसिर १६, २०७९
प्रहरीले विद्यार्थीहरूमाथि बिहीबार दिनभरजसो बल प्रयोग गरिरह्यो। सरोकारवाला निकाय पनि खासै जिम्मेवार देखिएनन्, जसले गर्दा विद्यार्थीहरूको कलिलो बालमनोविज्ञान थप आक्रोशित बन्न पुग्यो। न्याय दिन माहोल शान्त पार्नुपर्नेमा आफ्नै उमेर नपुगेका साना साथीहरू गिरफ्तार हुन थालेपछि विद्यार्थीहरू थप आक्रोशित बने।
काठमाडौंको हलचोक सहित विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु
शुक्रबार, मंसिर १६, २०७९
काठमाडौंमा राति १२ बजेसम्म रेस्टुरेन्ट र बिहान ४ बजेसम्म क्लब-डिस्को खोल्न पाइने
बिहीबार, मंसिर १५, २०७९
यसअघि १० बजे नै काठमाडौंमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा काठमाडौं जिल्ला सुरक्षा समितिले समय बढाएको हो । नयाँ नियम अनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
हिउँदमा जिम्मुको व्यापार, बर्खाको घरखर्चलाई जोहो
बिहीबार, मंसिर १५, २०७९
यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा २ देखि ५ लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्नेगरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ। यो मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दाको पुरानै प्रचलन हो। पहिले सटही व्यापार गर्ने उनीहरु आजभोलि नगदमा कारोबार गर्छन्।
कटुवा पेस्तोल सहित २ जना पक्राउ
बिहीबार, मंसिर १५, २०७९
पक्राउ पर्नेमा गोलबजार नगरपालिका - ४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका - ११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्।
क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा
बिहीबार, मंसिर १५, २०७९
३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम १ हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारी साधनमा बढी भएको सामान भने कारवाही स्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
साताको लोकप्रीय

