Kath Khabar
ग्वार्काे फ्लाई ओभरको डिजाइन पुनरावलोकन गरेर निर्माणकार्य अगाडि बढाइने
ग्वार्काे फ्लाई ओभरको डिजाइन पुनरावलोकन गरेर निर्माणकार्य अगाडि बढाइने पहिले ढाँचामा उल्लेख भएभन्दा फरक प्यानलको प्रयोग गर्नका लागि ढाँचासमीक्षा गर्नुपर्नेमा अहिले त्यसलाई अघि बढाइएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । मुख्य लेन बन्द गरेर सुरु गरिएको काम डिजाइनमा समस्या देखिएपछि गत असारको दोस्रो सातादेखि तत्कालको लागि रोकिएको थियो।
सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा १ जना पक्राउ
सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा १ जना पक्राउ प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार शंकास्पद वस्तु राखेको आरोपमा रौतहटको खजानजी पासवान पक्राउ परेका हुन्। बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा शंकास्पद वस्तु फेला परेको थियो।
प्रधानमन्त्री प्रचण्डबारे सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा १ जना पक्राउ 
प्रधानमन्त्री प्रचण्डबारे सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा १ जना पक्राउ  रुपन्देहीको देवदह नगरपालिका-८ का टाइगर रानामगर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुटवलको सुख्खा नगरबाट पक्राउ गरेको छ । 
अब विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी
अब विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी ‘वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ’, कार्यविधिमा भनिएको छ।
जुम्लामा साल्ट ट्रेडिङको डिपोमा सहज रूपमा नुन नपाएको भन्दै  ढुङ्गामुढा
जुम्लामा साल्ट ट्रेडिङको डिपोमा सहज रूपमा नुन नपाएको भन्दै ढुङ्गामुढा जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले  कार्यालयले नुन बाँडिरहेको समयमा अपुग भएपछि केही व्यक्तिले ढङ्गामुढा गरेका जानकारी दिनुभयो । अब नुन वितरण वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाइएको उहाँको भनाइ छ ।
४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम
४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम मन्थली काठमाडौं सम्पर्क मन्च द्वारा ४५ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर यहि श्रावण ६ गते शनिबारको दिन बिहान १० बजे देखि २ बजे सम्म क्वालिटी व्यानक्वयेट बुद्द्नगर मा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।
१० हजार डलर सहित लेबनाननी नागरिक पक्राउ
१० हजार डलर सहित लेबनाननी नागरिक पक्राउ विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडान मार्फत काठमाडौं देखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
काठमाण्डौको फोहर बोकेका गाडी आज पनि बञ्चरेडाँडा जान पाएनन्, अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाण्डौको फोहर बोकेका गाडी आज पनि बञ्चरेडाँडा जान पाएनन्, अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् । त्यसैगरी फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई १ हजार ५ सय र साना गाडीलाई...
आजबाट काठमाडौं महानगरपालिका भित्र प्लास्टिक प्रयोगमा निषेध
आजबाट काठमाडौं महानगरपालिका भित्र प्लास्टिक प्रयोगमा निषेध कामपा क्षेत्रमा वायु प्रदूषण, ध्वनि प्रदूषण लगायत वातावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको छ। वायु, ध्वनि, दृश्य लगायत विभिन्न प्रदूषण नियन्त्रण सम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गर्नका लागि आवश्यक सबै कदम चाल्ने कामपाले जनाएको छ।
काठमाडौं महानगरले तोक्यो २ पाङ्ग्रे र ४ पाङ्ग्रेको पार्किङ शुल्क, प्रतिघण्टा २५ देखि ७५ रुपैयाँ सम्म
काठमाडौं महानगरले तोक्यो २ पाङ्ग्रे र ४ पाङ्ग्रेको पार्किङ शुल्क, प्रतिघण्टा २५ देखि ७५ रुपैयाँ सम्म १ घण्टाको २५ रुपैयाँ र १ घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताउनुभयो ।
एलओडीका थप २ कर्मचारी पक्राउ
एलओडीका थप २ कर्मचारी पक्राउ नाबालिगलाई क्लबमा छिराएको आरोपमा २ सञ्चालक यसअघि नै पक्राउ परिसकेका छन्। क्लबमा पुगेकी एक किशोरी बलात्कृत भएपछि सञ्चालक र कर्मचारी पक्राउ परेका हुन्।
धरानका सुन व्यवसायीले गरे आत्मदाहको प्रयास
धरानका सुन व्यवसायीले गरे आत्मदाहको प्रयास बचतकर्ताहरुसँग मिलापत्र गरेर फर्किएको केही दिनमै उनले यस्तो प्रयास गरेको वडाध्यक्ष शाक्यले बताए । उनका अनुसार आजै पीडितलाई बचत रकम फिर्ता गर्ने दिन थियो ।
Weather Update