Kath Khabar
८ करोड ७० लाख लागतमा बनेको बागलुङ बसपार्क प्रयोगविहीन
८ करोड ७० लाख लागतमा बनेको बागलुङ बसपार्क प्रयोगविहीन स्थानीयले बागलुङ नगरपालिकासँग १२ बुँदे सम्झौता गरी ५२ रोपनी जग्गा निःशुल्क दिएका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ ।
दुई दिनको अवधिमा इनड्राइभर चलाउने ३७ चालक ट्राफिक प्रहरीको फन्दामा
दुई दिनको अवधिमा इनड्राइभर चलाउने ३७ चालक ट्राफिक प्रहरीको फन्दामा ‘नेपालमा दर्ता भएर संचालनमा आएका राइड शेयरिङहरूलाई भने कारबाही गरिएको छैन । तर, सडकमा यात्रु पर्खेने नाममा रोकेर सवारी आवागमनमा बाधा अवरोध पुर्‍याउनेहरूलाई भने ट्राफिक प्रहरीले कारबाही गर्दै आइरहेको छ ।’
आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता सिंहदरबारमा जारी
आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता सिंहदरबारमा जारी विभिन्न १० बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।
काठमाडौं-हेटौंडा जोड्ने छोटो दुरीका दुवै सडक २ महिनाका लागि बन्द
काठमाडौं-हेटौंडा जोड्ने छोटो दुरीका दुवै सडक २ महिनाका लागि बन्द द्रुत गतिमा सडक कालोपत्रे लागि आजदेखि २ महिना सम्म बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए ।  ट्राफिक प्रहरी महाशाखाले पनि चापागाउँ-कान्ती लोकपथ र नौबिसेको बाटो वैकल्पीक रुपमा प्रयोग गर्न अनुरोध गरेको छ।
बागमती प्रदेशले ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था फागुन २ गते देखि लागू गर्दै
बागमती प्रदेशले ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था फागुन २ गते देखि लागू गर्दै यो व्यवस्थामा ट्रायल पास हुन लिखित परीक्षामा स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । यसमा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटिएको हुनेछ ।
सुतेरै यात्रा गर्न सकिने एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा
सुतेरै यात्रा गर्न सकिने एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा बसेर यात्रा गर्नका लागि १८ सय र सुतेर यात्रा गर्नका लागि २ हजार रुपैयाँ भाडा लाग्ने छ । बसमा चढ्ने वित्तिकै यात्रुले एक बोतल पानी र कुकिज पनि प्राप्त गर्ने छ ।
बागमतीमा ७० अंक ल्याए सवारी लाइसेन्स पाइने
बागमतीमा ७० अंक ल्याए सवारी लाइसेन्स पाइने कार, जिप, डेलिभरी भ्यानको हकमा घुमाउरो (आठ आकार)मा २ पटकसम्म अंकित रेखा छोए पनि अनुत्तिर्ण भइँदैन।
कर्णाली करिडोर खण्डमा अचाक्ली भाडा हुँदा पनि सरोकारवाला निकाय मौन
कर्णाली करिडोर खण्डमा अचाक्ली भाडा हुँदा पनि सरोकारवाला निकाय मौन कालिकोटको खुलालु देखि हुम्लाको सल्लील्ला खण्डको सडकमा कुनै मापदण्ड नतोकिएका कारण यात्रुहरु चर्को भाडा तिर्न बाध्य देखिएका छन् । सरोकारवाला निकाय उदासिनता देखिए पछि हुम्ला,मुगु,बाजुरा जिल्लाका सर्वसाधारण नागरिक यातायात व्यवसायीहरुको महंगो भाडाको मार खेप्न बाध्य छन् ।
मोरङमा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ
मोरङमा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।
राइडरले कुनै कमिसन तिर्नु नपर्ने नयाँ राइड शेयरिङ प्लेटफर्म "सेफ राइड" बजारमा
राइडरले कुनै कमिसन तिर्नु नपर्ने नयाँ राइड शेयरिङ प्लेटफर्म "सेफ राइड" बजारमा यात्रुको सुरक्षामा केन्द्रित भएकाले नाम नै "सेफ राइड" नाम रहेको कम्पनीले जनाएको छ । "प्रयोगकर्ताले एप खोल्ने बित्तिकै आफ्नो लोकेसनको राइडर भेटाउन सक्नेछन्," सेफ राइडका सह-संस्थापक प्रकाश मालाकार भन्छन्, "राइड शेयर गरिसकेपछि एपबाटै नजिकका मान्छेलाई लोकेसन शेयर गर्न सकिन्छ ।
दैनिक ४ घण्टा नारायणगढ - मुग्लिन सडकखण्ड बन्द रहने
दैनिक ४ घण्टा नारायणगढ - मुग्लिन सडकखण्ड बन्द रहने काठमाडौं उपत्यका भित्रने र बाहिरिने मुख्य सडकखण्डको रुपमा रहेको यो सडकमा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले दैनिक दिउँसो १२ देखि ४ बजेसम्म बन्द गर्न थालिएको हो । हाल ४ स्थाानमा पुल निर्माणको काम भइरहेको छ । अबको १ महिनासम्म दैनिक ४ घण्टा बाटो बन्द गरेर काम हुने जानकारी दिनुभयो...
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा भैरहवामा ५ करोडको लगानीमा ग्रन्थ ईभीले विद्युतीय स्कुटर उत्पादन गर्ने
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा भैरहवामा ५ करोडको लगानीमा ग्रन्थ ईभीले विद्युतीय स्कुटर उत्पादन गर्ने सुरुमा २ वटा स्कुटरमा नेपालमै बनेका सामान प्रयोग गरी छलफल भएको छ । साथै ग्रन्थ ईभीले बिक्री भएका प्रत्येक स्कुटरबाट ५ रूपैयाँ आविष्कार केन्द्रलाई दान गर्ने समेत जनाएको छ । करिब ५ करोडको लगानीमा ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल उद्योग स्थापना गर्दैछ । 
Weather Update