राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि (फोटोफिचर)
बिहीबार, भदौ २८, २०८०

आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन
बिहीबार, भदौ २८, २०८०
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

जर्मनी पठाउँदै बेसारको चाना रुकुम त्रिवेणीका श्रम सहकारी
बुधबार, भदौ २७, २०८०
‘हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मनी पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिर देखि बेसार जर्मनी पठाउन शुरु गर्दैछौँ’, सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भन्नुभयो ।

सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीले दियो राय
बुधबार, भदौ २७, २०८०
उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए ।

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो
बुधबार, भदौ २७, २०८०
मङ्गलबार बिहान हृदयाघातका कारणले निधन हुनुभएका नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उहाँको पार्थिव शरीर मङ्गलबार दिउँसोदेखि आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो ।
भदौमै पाक्यो म्याग्दीको भर्जुलामा सुन्तला
बुधबार, भदौ २७, २०८०
कृषक शेरपुञ्जाले झण्डै २ रोपनी क्षेत्रफलको जग्गामा सुन्तला खेती गर्नुभएको छ । साउन महिनाको अन्तिम हप्ता देखि नै पाक्न शुरू हुने भएकाले आगामी वर्ष नर्सरी बनाएर थप सुन्तलाको बिरुवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

नक्कली नागरिकता बनाइदिने भारतीय पक्राउ
बुधबार, भदौ २७, २०८०
उनलाइ सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ ।

सिआइबीले सुन काण्डको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै
बुधबार, भदौ २७, २०८०
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा
बुधबार, भदौ २७, २०८०
गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । इलाम–२ बाट निर्वाचित ७१ वर्षीय प्रतिनिधि सभा सदस्य नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको हो।
साताको लोकप्रीय